अपडेट 
२०७७ बैशाख ९, मंगलवार १६:४२

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हाे।

गत शुक्रबार उदयपुरकै भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। हाल १२ जनाको विराटनगरस्थित कोशी काेभिड अस्पतालमा उपचार भइरहेको छ। सरकारले १२ जना संक्रमित भेटिएसँगै उदयपुर वरिपरीका क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई बढाएको थियो। हालसम्म उदयपुर वरपरका क्षेत्रमा ३ सय २० जनाको नमुना संकलन सकिएको छ।

सोही क्रममा मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा संक्रमण भएको पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमण भएको पुष्टि भएका व्यक्तिहरुको संख्या ३२ पुगेको छ, जसमा ४ जना निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News