अपडेट 
२०७७ बैशाख ९, मंगलवार १७:१६

भोजपुर । हतुवागढी गाउँपालिकामा एक युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण्ना देखिएको छ । गाउँपालिकाको २६ वर्षीय युवकको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

द्रुत परीक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभएको छ । ती युवक फागुन ३० गते साउदीबाट नेपाल आएका हुन्र । उनी १२ दिन काठमाडौं बसेर भोजपुर आएका हुन् । उनी ११ गते हतुवागढी आइपुगेका हुन्। होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी तर्फ लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार विहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News