अपडेट 
२०७७ बैशाख ९, मंगलवार १७:४४

काठमाडौं।  एभरेष्ट बैंक लि. ले सुदुर पश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउन आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रदेश प्रमुख सतिश प्रताप सिंह तथा धनगढी शाखाका शाखा प्रबन्धक चन्द्र बहादुर गुरुङले सुदुर पश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको हो ।

कोषमा जम्मा हुने गरी रु.६ लाखको चेक हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री ले बैंकको यस सहयोगलेकोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाममा यस प्रदेशलाई थप सहयोग पुग्ने बताए ।

ब्यक्तिगत, प्रदेश सरकार तथा प्रदेशका जनताकोतर्फबाट धन्यवाद ज्ञापन समेत गरे ।

बैंकले आफनो सातै वटा प्रादेशिक कार्यालय मार्फत प्रत्येक प्रदेश सरकारलाई रु.६ लाख गरि रु.४२ लाख तथा केन्द्रिय सरकार लाई रु.६० लाख लाख गरि उक्त राहत कोषमा जम्मा १ करोड २ लाख सहयोग गरेको कछ ।

Comment


Related News

Latest News

Trending News