अपडेट 
२०७७ बैशाख ९, मंगलवार १८:१२

काठमाण्डाै । पेरुमा स्वास्थ्यकर्मीहरुले चिकित्सा सामग्रीकाे अभावलाई लिएर विराेध प्रदर्शन गरिएकाे छ । एक पटक प्रयाेग गर्न मिल्ने मास्क (मुखावरण) दुई पटक प्रयाेग गर्नुपरेकाे उनीहरुकाे आराेप छ । 

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार पेरुमा ब्राजिलपछि सबैभन्दा धेरै १६ हजार जनामा काेराेना भाइरस (काेभिड १९ ) काे सङ्क्रमण देखिएकाे छ । 

त्यस्तै चिलीमा दुई हप्तासम्म फसेका आफ्ना नागरिकलाई बाेलिभियाले स्वदेश फर्कन अनुमति दिएकाे छ । यी दुई देशले आंशिक रुपमा सीमा खाेलेर चार सय ५० बाेलिभियाका नागरिक स्वदेश फर्कन पाउने भएका छन् । 

बाेलिभियाले स्वदेश फर्कने आफ्ना नागरिकलाई क्वरेण्टीनमा राख्नका लागि आवास गृह बनाएकाे बताएकाे छ । 

काेलम्बियामा बाेगाेटाका पिछडिएकाे इलाकामा नागरिकहरुले विराेध प्रदर्शन गरेका छन् । उनीहरुले खाद्य सामग्री आफूसम्म पुर्‍याउन प्रशासन असमर्थ रहेकाे बताएका छन् । प्रशासनले क्वरेण्टीनमा राख्ने समयमा सहज रुपमा खाद्यान्न उपलब्ध गराउने बताएकाे उनीहरुकाे भनाइ छ । 

Comment


Related News

Latest News

Trending News