अपडेट 
२०७७ बैशाख ९, मंगलवार १९:११

उदयपुर ।उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश १ सरकारले मंगलबार जिल्ला चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ ।

‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उहाँले भन्नुभयो, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं ।’ 

स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको कार्कीले बताउनुभयो । भुल्केमा १२ जनाबाट कोरोना संक्रमितको संख्या २२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय मध्ये ११ र ४ जना विराटनगर १७ का मध्ये १ जनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

विराटनगरका १ जनामा शनिबार संक्रमण भेटिएको र उनीहरुसँगै बसेका एक भारतीय र २ विराटनगरबासीको स्वाब परीक्षण रिपोर्टमा नेगेटिभ आएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उनीहरुमा संक्रमण भएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो । 

कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो । एक जनाको रिपोर्ट आउन बाँकी छ । ८ जनाको वीपी. कोइरासा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन: परीक्षण गर्दा समेत संक्रमण पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । नेपालीका सेनाको सहयोगमा मस्जिद भएको बस्तीका २ सय ५१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका काठमाडौं लगिएको मध्ये एक जनामा संक्रमण भेटिएको छ ।

मन्त्री घिमिरेले अब भुल्केका प्रत्येक व्यक्तिको स्वाब नमूना परीक्षण गर्ने नीति लिएको बताउनुभयो । ‘कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्म गुरु बसेका अन्य ६ मस्जिद भएको बस्तिको समेत स्वाब नमूना परीक्षण गर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘मस्जिद भएको बस्तीबाट अन्य बस्तीमा कोरोनाको संक्रमण फैलिन नदिन पहिले पूर्ण रुपमा लकडाउन र सिल गर्ने नीति लिएका छौं ।’ 

लकडाउन र सो क्षेत्रलाई सिल गरेपछि क्रमिक रुपमा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्ने उहाँको भनाई थियो । उहाँले भुल्केमा लकडाउन हुनु एक हप्ता अगाडी देखि को–को कहाँ गएको र को–को कहाँबाट आएको तथ्यांक लिने काम भइरहेको जानकारी दिनुभयो । उक्त तथ्यांकका आधारमा स्वाब परीक्षण गरेर संक्रमण फैलिने कारण र व्यक्ति पत्ता लगाउने नीति लिएको मन्त्री घिमिरेको भनाई थियो ।  

Comment


Related News

Latest News

Trending News