अपडेट 
२०७७ बैशाख ९, मंगलवार २०:२९

काठमाण्डौ । वीरगञ्ज र उदयपुरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको आशङ्कामा निगरानी र परीक्षण बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टोली खटाएको छ ।

 जोखिमयुक्त ठाउँमा कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु भइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । 

उदयपुरमा कोरानाको आशङ्कामा तीन सय २० जना र वीरगञ्जमा दुई सय २१ जनाको नमुना परीक्षण भएको छ ।

उदयपुरमा मङ्गलबार थप एक जना सङ्क्रमित देखिएसँगै त्यहाँ १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै वीरगञ्जमा तीन जनामा कोरोना पुष्टि भएको  छ । उनीहरुको संसर्गमा रहेकाहरुको नमुना परीक्षण गर्ने काम भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News