अपडेट 
२०७७ बैशाख ९, मंगलवार २१:२५

धनगढी कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए।

डिस्चार्ज हुनेमा ३४ वर्षीय अमृत शाही हुन् । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुगेकाउनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि उनी सो अस्पतालमा भर्ना भएका हुन्। कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

कोरोनालाई जित्न इम्युनिटी पावर बढाउन, मन खुशी राख्न र आत्मबल बढाइराख्न ध्यान दिनु पर्ने उनले बताएका छन् ।
‘कोरोनाको मुख्य औषधि ईम्युनिटी र आत्मवल बढाउनु रहेछ’उनले भने । अस्पतालमा बसेको अवधिभरी ईम्यूनिटी र आत्मवल बढाउनमा आफुले पुरै ध्यान केन्द्रित गरेको उनको भनाई छ ।

सधै बिहान योगाभ्यास, प्रणायाम गर्ने गरेको उनले बताए । ‘सधै म बिहान ७ पटक हुनुमान चालिसा पढ्थे, यो पढ्दा मलाई मनमा खुशी र आत्मवल बढेको महसुस हुन्थ्यो’उनले भने ।

प्रायदिनभरी डान्स गर्ने गरेको उनले बताए ।‘डान्स गर्दा म बिरामी छुँ भन्ने याद हुन्थेन र मन खुशी हुन्थ्यो’उनले सुनाए । यसैगरि ईम्युनिटी बढाउन योगाआध्यास, डान्सका साथै खानपिनमा पनि ध्यान दिने गरेको उनले बताए ।
हल्दी, अदुवा र वोझो हालेको तातो पानीले वाफ लिने गरेको पनि उनले बताए । उपचार गराइरहेका संक्रमितलाई हरेश नखाएर इम्युनिटी र मनोवल बढाउन सुझाव दिएका छन ।

Comment


Related News

Latest News

Trending News