अपडेट 
२०७७ बैशाख १०, बुधबार ०७:१५

सप्तरी। सप्तरीमा कुटपिट मुद्दाका एक थुनुवा कोरोना भाइरस संक्रमित रहेको आशङ्‍का गरिएको छ। २४ वर्षीय थुनुवा पुरूषको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो।

डाक्नेश्वरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख डा. चुमनलाल दासले पुष्टि गरे। थप परीक्षणका लागि ती पुरुषको स्याब बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने पनि उनले बताए।

आरडिटी रिपोर्ट पोजेटिभ आएलगत्तै उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरेको छ। डाक्नेश्वरी नगरपालिका-४ का एक व्यक्तिलाई कुटपिट गरेपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो।

Comment


Related News