अपडेट 
२०७७ बैशाख १०, बुधबार १०:२६

काठमाडौं । रामेछापको मन्थली नगरपालिका ६ कुनौरीको मोडमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको तामाकोशी अस्पताल रामेछापले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएकी तामाकोशी गाउपालिका ३ की इन्दिरा पोखरेललाई थप उपचारको लागि काठामाडौ पठाइएको अस्पतालले जनाएको छ । लकडाउनका कारण काठमाडौँमा बस्दै आएका मानिसलाई गाउँ ल्याउने क्रममा यात्रु लिएर दोलखाको जफेजाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस मन्थलीको कुनौरीस्थित मोडमा बस घुमाउने क्रममा ब्रेक फेल भै सडकमै पल्टिएको प्ररीले जनाएको छ । बसमा ३९ जना सवार रहेकाे जनाइएकाे छ।

Comment


Related News

Latest News

Trending News