अपडेट 
२०७७ बैशाख १०, बुधबार ११:०१

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ७ र १३ मा  आज राहत वितरण गरिएको छ । महोत्तरी सम्पर्क मंच र राहत महोत्तरी परिवारको नेतृत्वमा दुवै वडामा रहेका दलित, बिपन्न तथा मजदुर परिवार गरि १३ घरधुरीमा राहत बितरण गरिएको हो ।

राहत स्वरुप १० किलो चमल , १.५  किलो दाल , १ लिटर खाने तेल , १ किलो नुन र १ थान साबुन वितरण गरिएको  महोत्तरी सम्पर्क मंचका केन्द्रीय सदस्य टेक बहादुर बलाम्पखीले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित गरिब, विपन्न, दैनिक मजदुरी गर्नेलाई राहत महोत्तरी परिवारले राहत वितरण गर्न लागेको हो । संक्रमण जोखिम न्युनिकरण गर्नको लागि सरकारले लागु गरेको लकडाउनको पालना गर्न सम्पूर्ण  सर्वसाधारणमा राहत महोत्तरी परिवारले अपिल गरेका छन् ।

Comment


Related News

Latest News

Trending News