अपडेट 
२०७७ बैशाख १०, बुधबार १३:३८

भोजपुर । हतुवागढी गाउँपालिकास्थित स्थानीय एक युवकको द्रुत परिक्षण विधि (आरडीटी) रिपोर्ट पोजिटिभ देखिएको छ ।  २६ वर्षिय ती युवकको मंगलबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारस्थित आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

२०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक गत चैत्र ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रजिअ पुरीले जानकारी गराए । 

Comment


Related News

Latest News

Trending News