अपडेट 
२०७७ बैशाख १०, बुधबार १९:५४

काठमाडौं ।  छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतले चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुगेको छ। 

चिनियाँ दूतावासले उक्त सामाग्री अनुदानमा पठाइएको जनाएको छ। ‘कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाललाई चीनको सद्भाव र सहयोग सधैं रहने उल्लेख छ,’ चिनियाँ दूतावासको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा सहकार्य र समन्वय बढाउँदै नेपाललाई सहयोग गर्ने चीन प्रतिबद्ध छ।’ 

तातोपानी नाका हुँदै आठ करोड ३१ लाख रुपैंया बराबरको उक्त सामग्री बुधबार नेपाल प्रवेश गरेको हो। तातोपानी भन्सार कार्यालयले त्यहाँबाट तत्काल काठमाडौं पठाएको हो। 

अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दश हजार थान एन-९५ मास्क, दश हजार थान टेष्टिङ किट र दश हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पीसीआर मेसिन र ५० थान वेट वाइप छन्। 

तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री ल्हासामा हस्तान्तरण गरेका थिए।  

Comment


Related News

Latest News

Trending News