अपडेट 
२०७७ बैशाख ११, बिहीबार ०६:५३

जनकपुरधाम

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशी हुनेहरुको लागि आज महत्वपूर्ण काम गर्दा गोपनीयता अपनाउनुहोला । यद्यपि मनामा जोस, जाँगर र उत्साहमा कमी हुनेछैन । विशिष्ट व्यक्तिको सल्लाहले फाइदा हुनसक्छ । प्रतिष्ठा बढ्नेछ । कडा परिश्रमले केहि लाभ भने मिल्न सक्छ ।

वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
वृष राशी हुनेहरुको लागि आज मनोरञ्जन र रमाइलोमा समय बित्नेछ । परोपकारमा मन आकर्षित हुनेछ । काम गर्न जाँगर र उत्साह जाग्नेछ । आम्दानी बढ्ने समय छ । दिन ढल्दै जाँदा जिम्मेवारी बढ्दै जानेछ । व्यवसायिक गतिविधिमा संलग्न हुनुपर्ने समय छ । आम्दानीमा कमी हुने छैन । विलासितापूर्ण सामानको किनमेलमा खर्च बढ्नेछ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन हुनेहरुको लागि आज लामो समयसम्म रोकिएका काम बन्ने समय छ । मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । आजको विनियोजन र लगानीले प्रशस्त फाइदा दिलाउनेछ । घरायासी सुखसुविधा बढाउने कुनै महंगो वस्तुको किनमेल गर्न मन लाग्नेछ । आर्थिक समस्या समाधान गर्ने उपाय पत्ता लाग्नेछ ।

कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
यस राशी हुनेहरुको आज बोलीमा नियन्त्रण गर्नु राम्रो हुन्छ । मानसम्मानमा गिरावट आउन नदिने प्रयास हुनेछन् । जे काम गर्दा पनि बुद्धिमतापूर्वक गर्नु राम्रो हुनेछ । ज्ञान सिक्ने मौका छ तर समय निकाल्न सकिदैन । व्यापार व्यवसायमा ध्यान पुर्याउँन नसक्दा नोक्सानीको सम्भावना छ । अल्मलिएर समय बित्नेछ । दिक्क लाग्नेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
यस राशी हुनेहरुको आज विविध समस्यामा अल्झिने समय छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । वैदेशिक क्षेत्रमा सन्तोषजनक रहेको देखिन्छ । छिमेकमा असमझदारी बढ्नेछ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ ।

कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
कन्या राशी हुनेहरुका लागि आज संघर्षका साथ कामको चाप र जिम्मेवारी बढ्नेछ । पुराना कामकहरु सुल्झाउन प्रयास गरिनेछ । कडा मेहनपछि सफलता मिल्ने योग छ । नयाँ काम शुरु गर्ने समय छैन । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । व्यापार व्यवसायमा सामान्यतया राम्रै छ । घरायासी समस्यामा अल्मलिनुपर्नेछ ।

तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशी हुनेहरुका लागि आज वित्तिय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयासअनुसार फाइदा हुनेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । आज बोलीमा अंकुश लगाएको बेस हुन्छ । सामाजिक कामहरुमा खट्नुपर्ने समय छ तर आलोचकहरु बढ्ने सम्भावना छ । मेहनतबाट सोचेजस्तो लाभ नमिल्दा दिक्क लाग्छ । यद्यपि आज रोकिएका सानातिना काम बन्नेछन् ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
वृश्चिक राशी हुनेहरुको लागि आज नयाँ कामको अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसाय र रोजगारीको क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने समय छ । आत्मविश्वास बढ्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)

धनु राशी हुनेहरुका लागि आज आर्थिक संकटले सताउन सक्छ । साँझपख उत्साह र उमंग वृद्धि हुने समय छ । आज धनको कारोबार गर्दा भने सतर्क रहनु बेस हुनेछ । अनावश्यक खर्च बढ्नेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । विलासितातर्फ मन आकर्षित हुनेछ । कुनै दिर्घकालिक योजना कार्यन्व्यन राती अबेर मात्रै वा भोली मात्रै गर्नु राम्रो हुनेछ ।

मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
मकर राशी हुनेहरुका लागि आज पराक्रम र प्रसिद्धीमा वृद्धि हुने समय छ । महेनत गर्दा प्रतिफल हात लाग्नेछ । नोकरी गर्नेले मान सम्मान पाउनेछन् । आध्यात्मिक क्षेत्रको काममा संलग्न हुनुपर्ला । प्रशासनिक वा राज्यपक्षबाट हुनुपर्ने काममा सफलता मिल्नेछ । प्राज्ञिक क्षेत्रमा लाभ हुनेछ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा वृद्धि हुनेछ । घरायासी वातावरणमा सुधार आउनेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यस राशी हुनेहरुको लागि आज काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक सुखसमृद्धिमा वृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नेछ । उन्नति गर्ने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरुमाथि विजय हासिल गरिनेछ । धैर्यधारण गरी परिश्रम गर्ने दिन छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सल्लाहले राम्रो फाइदा लिन सकिनेछ । व्यापार व्यवासयमा सोचेजस्तो लाभ पाइनेछ । आफ्नो क्षेत्रमा साख रहनेछ ।

मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
यस राशीका हुनेहरुका लागि आज कसैको आलोचना वा विरोध नगर्नु राम्रै हुनेछ । तपाईका विचार र भावनालाई वेवास्ता गर्नेहरुको क्रियाकलापले मनमा विरक्तिको भाव आउनेछ । प्रयास सफलता प्राप्त हुने दिन छ । प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहाना र मनोकांक्षा पूरा हुनेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

Comment


Related News