Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ११, बिहीबार ०९:२९

 काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्, ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’

अमेरिकी सांसदहरुले राजीनामा मागेको सन्दर्भमा उनले मानिसहरुले जीवन बचाउन काम गरिरहने बताए ।

डब्ल्यूएचओ प्रमुख एडहानोमले कोरोना भाइरसको महामारी तत्काल नरोकिने संकेत गर्दै भनेका छन्, ‘पश्चिमी यूरोपका केही देशमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको देखिए पनि अफ्रिका, मध्य अमेरिका, दक्षिण अमेरिका र पूर्वी यूरोपमा प्रकोप बढ्दै गएको छ ।’

गत सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म २६ लाख जना संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Comment


Related News