अपडेट 
२०७७ बैशाख ११, बिहीबार १०:५४

काठमाडाैं । रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजन हुन लागेको हल्लाकाबीच रेणु यादवले आफू पार्टीभित्रै संघर्ष गर्न तयार रहेको बताएकी छन् ।

यादवले विभिन्न संचार माध्यमहरुसँग कुरा गर्दै पार्टीभित्र कुनै विवाद नरहेको र यो अनावश्यक हल्ला रहेको टिप्पणी गर्नु भएको छ ।

मधेश आन्दोलनका अग्रणी महिला नेतृ यादव आफनो पार्टी भित्र पार्टी फुटाउने कुनै चलखेल नरहेको दावी समेत गर्नु भएको छ ।

नेतृ यादव पार्टीले कालो दिवस नमनाउने निर्णय गरेको अवस्थामा समेत मधेशको पक्षमा कालो दिवस मनाउने निर्णय गर्दै पार्टीभित्र तरंग ल्याउनु भएको थियो ।

उनले आफु मधेश आन्दोनल र मधेशी सहितका शोषित पीडित जनताको पक्षमा सदैव अग्रणीमोर्चामा रहने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

सरकारले ल्याएको अध्यादेशका कारण पार्टी फुटन लागेको हल्लाका बीच गए राति ११ बजे समाजवादी पार्टी र राजपा बीच एकीकरणको घोषणा भएको छ ।

Comment


Related News

Latest News

Trending News