Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ११, बिहीबार ११:०२

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच बुधबार मध्यरातमा एकता सहमति भएसँगै बिहीबार दुबै पार्टीका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। जनता समाजवादी पार्टी नेपाल नामाकरण गरिएको पार्टी दर्ताका लागि शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्।

समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्‍ताक्षर गरेका थिए। शरत सिंह भण्डारी निवासमा ४ बुँदे समतिपत्रको ड्राफ्ट तयार पारी बुधबार राति पार्टी एकीकरणको घोषणा भएको थियो।

सहमतिअनुसार दुई पार्टीबीच समानताका आधारमा एकीकरण गर्ने, एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने, एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकारमा रातो र हरियो रङको बीचमा तारा हुने र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता चिन्ह प्रयोग गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी कानुन परिमार्जन गरेर पार्टी फुटाउने खेल रचेको दुबै पार्टीले आरोप लगाएका छन्। सरकारले वैधानिकरुपमै आ-आफ्नो पार्टी फुटाउन उद्यत भएपछि एक वर्षअघि देखि छलफलमै रोकिएको दुबै पार्टीबीच एकता घोषणा भएको बताइएको छ।

Comment


Related News

Latest News

Trending News