Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ११, बिहीबार ११:३४

 काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ दर्ता भएको छ। दुबै पार्टीका शीर्ष नेताहरु बिहीबार निर्वाचन आयोगमा गई पार्टी दर्ता गराएका हुन्। १३८८‍औं नम्बरमा जनता समाजवादी पार्टी नेपाल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

दुबै पार्टीले बुधबार मध्यराति पार्टी एकीकरणको घोषणा गरेका थिए। निर्वाचन आयोगमा समाजवादीका तर्फबाट उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राजपाका तर्फबाट राजेन्द्र महतो र शरद सिंह भण्डारी सहभागी भएका थिए। 



बुधबार राति समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्‍ताक्षर गरेका थिए। शरत सिंह भण्डारी निवासमा ४ बुँदे समतिपत्रको ड्राफ्ट तयार पारी बुधबार राति पार्टी एकीकरणको घोषणा भएको थियो।

सहमतिअनुसार दुई पार्टीबीच समानताका आधारमा एकीकरण गर्ने, एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने, एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकारमा रातो र हरियो रङको बीचमा तारा हुने र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता चिन्ह प्रयोग गर्ने सहमति भएको थियो।

Comment


Related News

Latest News

Trending News