Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ११, बिहीबार १५:४०

काठमाडौं । सशस्त्र प्रहरी बलका दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका छन्। रुपन्देहीस्थित गुल्मपति डिएसपी मानबहादुर शाही ब्यारेक भित्र नै आफ्नै मातहतका प्रहरीबाट कुटिएका हुन्। प्रहरी निरीक्षक केशव भट्टराई र दयाराम पौडेलले डिएसपीलाई कुटपिट गरेका थिए।

मदिरा सेवन गरेर मंगलवार राति उनीहरुले डिएसपी शाहीलाई कुटपिट गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धान गर्ने सशस्त्र प्रहरीले एसपी तेजप्रसाद पोखरेलको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन गरेको छ।

Comment


Related News

Latest News

Trending News