Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ११, बिहीबार १७:५५

काठमाडौं ।  नेपालमा दुईजना कोरोना रोगी थपिएका छन्। जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी भेटिएका हुन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

त्यसैगरी धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। यससँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ।

अर्कातिर निको हुनेको संख्या पनि ९ पुगेको जानकारी डा. देवकोटाले दिएका छन्।  देवकोटाका अनुसार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजना पनि निको भएका छन्। बेलायतको लण्डनबाट चैत ४ मा आएका उनीहरु कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा थिए।  योसँगै बिहीबारसम्म देशका विभिन्‍न अस्पतालमा उपचार गर्नेको संख्या ३८ रहेको छ। सबैभन्दा धेरै संक्रमित उदयपुरमा छन्। 

Comment


Related News

Latest News

Trending News