Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १२, शुक्रबार १०:४३

काठमाडौं । अध्यादेशबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार बैठक ११ बजे बस्नेछ।

बैठकमा विवादित बनेको अध्यादेशबारे छलफल हुनेछ। बिहीबारमात्रै प्रधानमन्‍त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक देखिएका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटमा उनले अध्यादेश फिर्ता लिन सहमत भएको थियो।

सम्भवतः आजको बैठकमा अध्यादेश फिर्ता हुनसक्ने बताइएको छ। त्यस्तै देशमा जारी लकडाउनको नयाँ मोडालिटी बनाउनेबारे पनि छलफल हुने बताइएको छ। कोरोना संक्रमित क्षेत्रहरुबाहेक अन्य ठाउँमा लकडाउन खुकुलो बनाउनेबारे यसअघि देखि नै चर्चा सुरु भएको छ।

Comment


Related News

Latest News

Trending News