अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १०:४७

धनुषा । धनुषाको विदेह नगरपालिका-६ स्थित क्वारेन्टाइनमा एक महिलामाथि बलात्कारको प्रयास भएको छ। नगरपालिकाको ट्याक्टर चालक सञ्जीव पासवानले महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

घटनालाई भने लुकाउने प्रयास भइरहेको छ। प्रहरी चौकी तिनकोरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक मोदनारायण यादवले घटना लुकाउने प्रयास गरेका हुन्। घटनाका विषयमा जानकारी पाएलगत्तै उनले आरोपी पासवानलाई नियन्त्रणमा समेत लिइसकेका छन्।

तर उनले घटनाका विषयमा केही बताउन चाहेनन्। उनले नेपालन्युजसँग भने, ‘आरोपी पक्राउ परेको हो वा होइन अहिले भन्दिन।’ उनले अहिले बाहिर रहेकाले केही नभन्ने भन्दै पन्छिए। स्थानीयका अनुसार उनले आरोपी पासवानलाई प्रहरी चौकी लगेर सोधपुछ गरिरहेका छन्।

बलात्कारको प्रयास भएको भनिएकी महिला चारदिन अगाडि क्वारेन्टाइनमा भर्ना भएकी थिइन्। घटनापछि अहिले क्वारेन्टाइनमा स्थानीयलाई जान दिइएका छैन। स्थानीय एक युवकले भने जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरी घटना लुकाउने प्रयासमा लागेका छन्।

Comment


Related News

Latest News

Trending News