अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १०:५९

जनकपुरधाम । अन्य वर्षमा यतिबेला प्रसिद्ध जानकी मन्दिर दुलहीझैं सजाइएको हुन्थ्यो । रंगिचंगी बिजुलीबत्ती र मनमोहक फूलहरुले मन्दिरलाई झकिझकाउ पारिन्थ्यो । बिहान र साँझ मिथिलानीहरुको भीड लाग्थ्यो।मन्दिरमा सोहर (जन्मोत्सवमा गाउने गीत) गाइन्थ्यो । देश विदेशका साधुसन्तको आगमनले मन्दिर भरिभराउ हुन्थ्यो । तर, यस वर्ष भने जानकी मन्दिर सुनसान छ । 

जानकी नवमीको ९ दिन अगाडिदेखिनै माता सीताको माइतमा उनको जन्मोत्सव मनाउने गरिन्छ । यस वर्ष पनि शुक्रबारदेखि महोत्सवको सुभारम्भ भएको हो । जानकी मन्दिरको गर्भगृहमा कलश स्थापन गरी जन्मोत्सव विशेष पूजा सुरु गरिएको छ । 

तर, अन्य वर्षजस्तो नत श्रद्धालुको भीड छ नत विभिन्न सांस्कृतिक कार्यक्रम वा प्रवचन नै । ‘यो महामारीको बेला सरकारले लागू गरेको लकडाउन पालना गर्नु नै पहिलो धर्म हो, ‘जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भन्छन्, ‘जानकी जन्मोत्सव शुक्रबार सुरु भएको छ तर, म सबै श्रद्धालुलाई घरबाटै यो उत्सव मनाउन आग्रह गरेका छौं।’

वैशाख २० गते जानकी नवमी परेको हुँदा सो दिनसम्म प्रत्येक साँझ जनकपुरवासीले आ-आफ्नो घरबाटै जानकी माताको आरती गर्न उत्तराधिकारी महन्थ दासले आग्रह गरेका छन् । 

‘जानकी माता जनकपुरका हरेक घरमा बास गर्छिन्। उनको पूजा गर्न मन्दिर नै आउनुपर्छ भन्ने छैन, ‘महन्थ दासले थपे, ‘घरमै बसी जन्मोत्सवको यो ९ दिनलाई विशेष मनाउन सबैमा अपिल छ, आरती र पूजापाठ गर्न पनि आग्रह छ।’

Comment


Related News

Latest News

Trending News