२०७७ बैशाख १२, शुक्रबार १५:२४

धनुषा । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रबार दिउँसोदेखि असिना पानी परेको छ।

लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले ढपक्कै छोपेको छ। धनुषाको बटेश्वर गाउँमा ३ सय ग्रामसम्मको असिना परेको स्थानीयले जनाएको छ।

असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्। काट्न नसकेर खेतमै लागेको गहुँमा असिनाले क्षति पुर्‍याएको छ। यस्तै हावाहुरीले आँपको टिकुला झारेर क्षति गरेको छ।

यस्तै सिरहा, महोत्तरी, सप्तरीलगायतका मधेसका जिल्लामा पनि हावाहुरीसँगै पानी परिरहेको छ। केही ठाउँमा भने असिना पानी परेको छ।

Comment

Related News

Latest News

Trending News