काठमाडौं । कञ्चनपुरमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–७ र १८ का दुई जनामा आरडीटी रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । दुवै जना सरकारी कर्मचारी रहेको स्रोतले जानकारी दियो । आरडीटी रिपोर्ट पोजेटिभ आएका दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ ।