अपडेट 
२०७७ बैशाख १२, शुक्रबार २०:४५

 काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणबाट एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नयाँ सङ्क्रमित ६२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। झापाकाे दमक निवासी ती पुरुष केही महिना अगाडि दुबईबाट आएका थिए। हाल उनी अस्पतालको आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ।

Comment


Related News

Latest News

Trending News