अपडेट 
२०७७ बैशाख १३, शनिबार ०७:१६

जनकपुरधाम । वि.सं. २०७७ वैशाख १३ गते शनिवार, वैशाख शुक्ल (वछलाथ्व) द्वितीया, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, सौभाग्य योग, कौलव र तैतिल करण, प्रमादी संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु
आजको चाडपर्व र उत्सव : परशुराम जयन्ती, त्रिपुष्कर योग दिनको १०:४५ सम्म, आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), भोलिको चाडपर्व र उत्सव : अक्षय तृतीया, धर्मघटादि दान, त्रेता युगादि, लुभु महालक्ष्मी भैरव यात्रा, शिवपार्वती विवाह महोत्सव, भद्रा प्रारम्भ रात्री ११:५६ मा, भोलिको मूहुर्त : दैलो राख्ने, दीक्षाग्रहण ।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशी हुनेहरुको आज विदेश यात्राको लागि समय अनुकुल रहेको छ । सानातिना सरसामान हराउने वा चोरी हुने सम्भावना छ । रकमको कारोबारमा लेनदेनको कारण विवाद आउनसक्छ । आर्थिक समस्या हल गर्ने उपाय देखापर्नेछ । ठूलो महत्कांक्षा राखेर धन लगानी गर्नु राम्रो हुनेछैन ।

वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
वृष राशी हुनेहरुको आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । उद्योग र व्यवसायमा फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावना छ । राज्यपक्षबाट हुने काममा सफलता प्राप्त हुनेछ । प्राज्ञिक क्षेत्रमा लाभ हुनेछ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशी हुनेहरुको आज कर्मसिद्धीको समय छ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । आम्दानीका नयाँ मार्ग फेला पर्नेछ । रोकिएका सरकारी काम सुल्झाउने समय छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदेन । मेहनतअनुसार आम्दानी बढ्नेछ । मातापिता र अभिभावकको आर्शिवादले काम बन्नेछ ।

कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
यस राशी हुनेहरुको आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने दिन हो । कामको दायित्व थपिने छ र सामाजिक हित र परोपकारका क्षेत्रमा कामको दायित्व बढ्नेछ । कर्मप्रतिको समपर्णभाव बढ्नेछ । यस राशी हुनेहरुका आजका लागि आज शुभ रंग सेतो वा पहेलो र शुभ अंक ५ रहेको छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
सिंह राशी हुनेहरुलाई आज आयुक्षेत्रमा चन्द्रमा भएको कारण मन डराउन सक्छ तर समस्यादेखि भाग्नुहुदैन । राशीमा शुभग्रहको बल भएकोले धन, धर्म र भाग्यबलमा अभिवृद्धि हुनेछ । सानातिना घरायासी समस्यामा समय बित्नेछ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुनेछ । उपलब्धिमूलक रमणीय सम्भावना छ ।

कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
कन्या राशी हुनेहरुका लागि आज विशिष्ट व्यक्तिको सहयोगले काम बन्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । छोटो दुरीको लाभदायक यात्राको सम्भावना छ । घरायासी काममा समय र धन खर्च हुनेछ । घरायासी प्रयोजनको तथा भोगविलाससँग सम्बन्धित सामाग्रीको किनमेला हुनेछ । आम्दानीमा कमी आउनेछैन । साझेदारीमा गरिएको कामले फाइदा दिनेछ ।

तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशी हुनेहरुका लागि आज चुनौती र परीक्षणमा समय बित्नेछ । दैनिक काममा चुनौति देखिनेछ । व्यापार र साझेदोरीमा गरिएको कामबाट राम्रो प्रतिफल हात लाग्नेछ । व्यापार व्यवसाय र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजन वा लामोदुरीको यात्राको प्रयास थालिनेछ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
वृश्चिक राशी हुनेहरुको आज घरपरिवारका काममा समय बित्नेछ । नोकरी वा व्यवसायको क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित भइनेछ । आम्दानीका बाटो खुला छ । मानसम्मानमा वृद्धि हुनेछ । व्यापार र रोजगारीको क्षेत्रमा अनुकुलता देखिदैन । सानातिना श्रममूलक कामले अल्मल्याउन सक्छ । नयाँ काम गर्ने सोच छ भने कार्यन्वयन गर्नु नै फाइदाजक हुन्छ ।

धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
धनु राशी हुनेहरुका लागि आज गरेका काम ढिलोगरी सम्पन्न हुनेछन् । गृहस्थीमा धेरै समय खर्च हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । खर्च वृद्धिको योग छ ।

मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
मकर राशी हुनेहरुका लागि आज सामाजिक वा परोपकारी क्षेत्रमा काम गर्दा प्रशंसा प्राप्त हुने योग छ । व्यापारिक वा दैनिक कामहरु सन्तोषजक रुपमा सम्पन्न हुनेछ । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेहरुका लागि आज सन्तोषजक समय छ । आम्दानीमा कमी आउनेछैन । लामोदुरीको लाभदायक यात्राको सम्भावना छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यस राशी हुनेहरुको आज वस्त्र अलंकार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । आत्मविश्वास बढ्नेछ । व्यापार व्यवसायमा राम्रै छ । नसोचेको ठाउँबाट धनागमको संकेत छ । नचिताएको ठाउँमा बोली बिक्न सक्छ ।

मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
यस राशीका हुनेहरुको आज व्यापारिक वा दैनिक कामहरु सन्तोषजक रहेको छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । कतिपय राम्रो अवसर आउनेछन् तर मन दोधार बनाउनु हुदैन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धन लगानीको गर्ने योग छ ।

Comment


Related News

Latest News

Trending News