अपडेट 
२०७७ बैशाख १३, शनिबार ०९:३०

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार नाघेको छ । शनिबार विहानसम्मको तथ्यांकअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८२ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ५२ हजार १ सय ७६ ले ज्यान गुमाएका छन् । त्यहाँ ९ लाख २४ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण इटलीमा २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।

स्पेनमा २२ हजार ५ सय २४, फ्रान्समा २२ हजार २ दुई ४५ जनाको मृत्यु भएको छ । २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ। बेलायतमा १९ हजार ५०६ को मृत्यु भइसकेको छ । हाल १८ लाख ३२ हजार ३८९ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५८ हजार ५३१ को अवस्था गम्भीर रहेको छ ।

फ्रान्समा एक लाख ५९ हजार ८ सय २८ जनाले ज्यान गुमाइसकेको छन्। त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९ सय ९९ संक्रमति छन्। मृतकको संख्या ५ हजार ७ सय ६० छ। बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ। त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या २८ लाख २७ हजार ३ सय ९१ पुगेका छन्। निको हुनेको संख्या ७ लाख ९८ हजार ३ सय ३१ पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

Comment


Related News