अपडेट 
२०७७ बैशाख १३, शनिबार ०९:३५

बर्दिबास। लकडाउनमा अलपत्र परेकाहरुलाई लिएर काठमाण्डौंबाट उदयपुर जाँदैं गरेको बस महोत्तरीको बर्दिबासमा एकको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् ।

शुक्रबार राति १० बजे बा३ख ४०३६ नम्बरको बसमा ३५ जना यात्रु लिएर काठमाण्डौंबाट उदयपुर हिडेको बस शनिवार बिहान चार बजे बर्दिवास नगरपालिका–३ स्थित पाटुमा दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।


इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनु कुमार साहले बताए अनुसार बस पल्टिएन लागेपछि ढोका खोलेर हामफाल्न भाग्न खोज्दा बसको हुडले किचिएर सह–चालक बाबुराम विश्मकर्माको घटना स्थलमै ज्यान गएको हो । मृतक विश्वकर्माको घर दोलखाको तामाकोसी–२ पर्छ ।

यस्तै, दुर्घटनमा परेर गम्भिर घाइते भएका दोलखाकै तामाकोसी–२ का २२ बर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेका इप्रका बर्दिसाले जनाएको छ ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनले काठमाण्डौंमा अलपत्र परेका आप्mना नगरका स्थानीयहरुलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस दुर्घटनमा परेको हो । दुर्घटना लगतै बसका चालक फरार भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News