अपडेट 
२०७७ बैशाख १३, शनिबार १०:०४

काठमाडौं । कोरोना रोकथामका लागि गठित कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको वैठक आज बस्दै छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको वैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने जानकारी पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिएका हुन् ।

वैठकले कोरोनाका कारण देशमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल गर्नेछ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए।

उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र बैठकले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिनेछ ।मन्त्रीपरिषद्को वैठक आज या भोलि बस्ने बताइएको छ ।

देशमा एकमहिनादेखि जारी लकडाउनको पछिल्लो समयसीमा बैशाख १५ अर्थात आगामी सोमवार सकिदैंछ ।

Comment


Related News

Latest News

Trending News