अपडेट 
२०७७ बैशाख १३, शनिबार ११:०४

बैतडी  । चट्याङ लागेर बैतडीमा ३ जना घाइते भएका भएका छन्। घाइते हुनेमा डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार, १८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर उनीहरुको शरीर जलेको छ। 

घाइते सबैको दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राति करिब ९ बजेतिर परेको चट्याङले कुय्यादहका अन्य १२ जनाको घरको विद्यतुको मिटरबक्स र विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीय प्रकाश लुहारले बताए।  प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News