अपडेट 
२०७७ बैशाख १३, शनिबार १४:२४

काठमाडौं । अमेरिकाका न्युयोर्कमा गरिएको एक अध्ययनले निरोगी मानिसका तुलनामा पहिले नै अन्य रोगबाट ग्रसित व्यक्तिमा कोरोनाको प्रभाव घातक रहेको देखाएको छ । अमेरिकाको जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनका अनुसार बिरामीमा पहिलानै रहेकाअन्य रोगका कारण कोरोना भाइरसको प्रभाव घातक देखिएको हो ।

अमेरिकी पत्रिका टाइमका अनुसार अध्ययनका क्रममा मार्च र अप्रिलको सुरुमा अस्पतालमा भर्ना भएका ५ हजार ७ सय बिरामीको स्वास्थ्य रेकर्ड हेरिएको थियो । अध्ययनमा समेटिएका बिरामीको सरदर उमेर ६३ वर्ष थियो भने ९४ प्रतिशत बिरामीमा कोरोनाभाइरसको संक्रमण हुनुपहिले देखि नै अन्य कुनै एक रोग थियो । अध्ययनमा समेटिएका बिरामीमध्ये ५३ प्रतिशतमा उच्च रक्तचाप, ४२ प्रतिशतमा मोटोपना र ३२ प्रतिशतलाई मधुमेह रहेको पाइएको छ । यस्तै १० प्रतिशत मुटुको धमनीसम्बन्धी रोग, ८ प्रतिशत दम र ५ प्रतिशत क्यान्सर रोगबाट पीडित थिए ।

अनुसन्धानकर्ताले निको भएर अथवा मृत्युका कारण अस्पतालबाट बाहिरिएका २ हजार ६ सय ३४ संक्रमितको पनि अध्ययन गरेका थिए । सो अध्ययनले १४ प्रतिशतको सघन उपचार कक्षमा उपचार भएको, १२ प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार भएको, ३ प्रतिशतको मिर्गौला प्रतिस्थापन थेरापी गरिएको र २१ प्रतिशतको मृत्यु भएको देर्खाका
छ ।

भेन्टिलेटरमा राखिएका मध्ये ८८ प्रतिशत बिरामीको मृत्यु भएको थियो । भेन्टिलेटर राखेर पनि मृत्यु भएकामध्ये मधुमेहका बिरामी बढी थिए ।
‘अन्य रोगका गम्भीर बिरामीका लागि भाइरसको जोखिम अत्यधिक रहेकोछ’, अध्ययनमा सहभागी फेनस्ट्याइन इन्स्टिच्युट अफ मेडिकल रिसर्चकी उपाध्यक्ष करिना डेभिडसनले बताइन् । उनले अन्य रोगका बिरामीले सावधानी अपनाउनुपर्ने र भाइरस संक्रमणको सम्भावना भए समयमै उपचार गरिहाल्नुपर्ने सुझाव दिइन् ।

Comment


Related News

Latest News

Trending News