काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले ३० जुनसम्म मानिसहरुलाई भेला हुन र सभा समारोह गर्न रोक लगाएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले राजनीतिक र्याली र सामाजिक–सांस्कृतिक समारोहमा रोक लगाउने घोषणा गरेका हुन् । उनकाअनुसार राज्य सरकारले अरु राज्यमा रहेका मजदुरहरुलाई पनि फिर्ता ल्याउनेछ ।
उत्तर प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म १६०० संक्रमित भएका छन्, जसमध्ये २५ जनाको मृत्यु भएको छ ।
भारतभर संक्रमितको संख्या २४ हजार नाघेको छ भने अहिलेसम्म ७७५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।