अपडेट 
२०७७ बैशाख १३, शनिबार १५:५२

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएका छन्। उपचारपछि निको भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

’उहाँहरुको पछिल्लो दुई पटकको प्रयोगशाला परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ,’ उनले भने, ‘उपचारपछि उहाँहरु निको भएका कारण भोली आइतबार डिस्चार्ज गर्ने तयारी गरेका छौं।’ उनीहरु सबै भारतीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर डिस्चार्ज गर्ने तयारी भएको डा उपाध्यायले जानकारी दिए।

कोरोना पोजेटिभ देखिएका चार जनामध्ये तीन जना वीरगञ्जबाटै र एक जना रौतहटबाट उपचारका लागि अस्पताल लगिएको थियो। चार जना डिस्चार्ज भएपछि अस्पतालमा कोरोनाका एक जना मात्र बिरामी बाँकी रहने छन्।

जनकपुरबाट ल्याइएका सर्लाहीका १४ वर्षिय पुरुषलाई दुई दिन अघि मात्र वीरगञ्ज अस्पतालमा ल्याइएको हो। उनको अवस्था सामान्य रहेको डा उपाध्यायले जानकारी दिए। वीरगञ्जका ४ जना सहित नेपालमा करोना संक्रमण देखिएका मध्ये उपचारपछि निको हुनेको संख्या १५ पुगेको छ। नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Comment


Related News

Latest News

Trending News