अपडेट 
२०७७ बैशाख १३, शनिबार १५:५५

सिराहा। सिराहाका ६ वटा स्थानीय तहमा कोरोना भाइरस (कोभिड– १९) परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ। 

शनिबारदेखि सिराहा, लहान, मिर्चैया, गोलबजार र कल्याणपुर नगरपालिका तथा अर्नामा गाउँपालिकामा स्वाब संकलन सुरु गरिएको हो। शनिबार चार सयको स्वाब संकलन गर्ने लक्ष्य राखिएको छ।

नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन्। पिसिआर प्रविधिबाट परीक्षण गर्न स्थानीय तहमा स्वाब संकलन सुरु गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए।

दिउँसोसम्म मिर्चैया नगरपालिकामा ६० जना, गोलबजारमा ५०, लहानमा १९ र छारापट्टीमा ६ जनाको स्वाब संकलन भइसकेको मेलानका केन्द्रीय सदस्यसमेत रहेका मेडिकल ल्याब टेक्निसियन विजयकुमार यादवले जानकारी दिए। 

संकलित स्वाबको नमुना परीक्षण गर्न काठमाडौं लगिने प्रजिअ गुरागाईंले बताए।

Comment


Related News

Latest News

Trending News