अपडेट 
२०७७ बैशाख १३, शनिबार १८:५६

 काठमाडाैं । लकडाउनको समयसीमा एक हप्ता थप गर्न उच्चस्तरीय समन्वय समितिको सिफारिसले सरकारलाई सिफारिस गरेको छ। लकडाउनको मोडालिटि तयार गर्न जिम्मा दिएको कार्यदलले एक हप्ता लकडाउन बढाउन सिफारिस गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बिहान बसेको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएको थियो।

अब लकडाउन थप गर्ने नगर्ने विषयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ। कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो।

लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदल गठन

सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदल गठन गरेको छ।

शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।

‘सबै परिस्थिति हेर्ने अनि देश-विदेशको अनुभव पनि हेर्ने र त्यसको आधारमा के गर्ने भनेर कार्यदलले प्रस्ताव बनाउँछ’,बैठकमा सहभागी एक मन्त्रीले भने,‘उक्त कार्यदलले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ।’

उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्।

लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो।

हिमाली क्षेत्रमा खुकुलो बनाउने भन्ने सुझाव पनि आएको तर यी सुझाव आए पनि सम्पूर्ण निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने ती मन्त्रीले भने।

तत्काल लकडाउन खुकुलो पार्ने परिस्थिति भने नभएको बैठकमा छलफल भएको ती मन्त्रीले बताए।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए।

Comment


Related News

Latest News

Trending News