२०७७ बैशाख १३, शनिबार २०:०६

लहान । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि लक्ष्मी बैंक लिमिटेड लहान शाखाले ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री लाई व्यक्तिगत सुरक्षा सामग्री पिपीइ १ थान र इन्फारेड थर्मोमिटर १ थान सहयोग गरेको छ ।

दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले दिन रात नागरिकको सुरक्षाका लागि खट्ने सुरक्षाकर्मी लाई सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बैंकले जनाएको छ।

सुरक्षा सामग्री ग्रहण गर्दै ईलाका प्रहरी कार्यलय लहानका डिएसपी क्षत्रीले लक्ष्मी बैंक लाई धन्यवाद ज्ञापन गर्दै अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दा कोरोनाविरुद्ध लड्न सकिने बताउदै यो महामारीबाट आफ्नो सुरक्षाका साथसाथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न सम्पूर्ण लहानवासी,जिल्ला वासी लगायत देशवासीमा आग्रह गर्नुभयो।

Comment

Related News

Latest News

Trending News