अपडेट 
२०७७ बैशाख १४, आईतवार ०८:०६

काठमाण्डौ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा एकैदिन तीन सय ६९ जनाको ज्यान गएपछि विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई लाख पुगेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोनाको कारण २२ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै अमेरिका, इटली, स्पेन र फ्रान्सपछि बेलायत यस्तो पाँच देश बनेको छ, जहाँ २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २९ लाख २० हजार भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये आठ लाख ३६ हजार ६ सय ८३ जना निको भएका छन् । १८ लाख ८० हजार ९ सय ५३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार आठ सय ६४ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

सङ्क्रमणबाट अहिलेसम्म दुई लाख तीन हजार दुई सय ६९ जनाको ज्यान गएको छ ।

अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै इटलीमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसैगरी भारतमा २६ हजारभन्दा धेरैमा सङक्रमण पुष्टि भएकोमा आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

Comment


Related News

Latest News

Trending News