अपडेट 
२०७७ बैशाख १४, आईतवार ०८:५३

काठमाडौं। भारतको पश्चिम बंगाल राज्यले कोरोना भाइरस (कोभिड-१९) फैलनसक्ने बताउँदै नेपालसँग आफ्नो सीमाबाट हुने व्यापार बन्द गर्ने निर्णय गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाएको छ। भारत सरकारको समक्ष नेपाल पश्चिम बंगाल राज्यको निर्णयलाई लिएर आपत्ति जनाएको भारतको इकोनोमिक टाइम्सले जनाएको छ।

पश्चिम बंगालले बंगलादेशका सम्बन्धमा सोही निर्णय गरेपछि बंगलादेशले पनि भारतसमक्ष आपत्ति जनाएको छ।

पश्चिम बंगालले अन्तर देशीय ब्यापार हुँदा ट्रकको आवतजावतले कोरोना भाइरस संक्रमण आफ्नो राज्य फैलनसक्ने खतरा बढेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो।

कोरोनाको महामारीमा पनि बंगलादेशले भारतको उत्तरपूर्वी राज्यहरुलाई माल सामान ओसारपसार गर्न ‘ट्रान्जिट’को सुविधा दिइरहेका बेला रमजानको अघि पश्चिम बंगालको निर्णयले बंगलादेश चिढिएको छ, जसले भारत थप अप्ठेरोमा परेको छ। 

Comment


Related News

Latest News

Trending News