Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १४, आईतवार ०९:१५

काठमाडौं । देशमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या प्रत्येक दिन बढ्दो छ। सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलन नदिन देशलाई लकडाउन गरेको महिना दिन बितिसक्दा यो संख्या घट्दै जानुपर्नेमा झन् बढ्दै गएको छ।

‘देशभर रहेका ३९ हजार ८ सय २४ क्वारेन्टाइन बेडमा शनिबारसम्म १४ हजार ७ सय ३१ जना रहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।



स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी मानीस प्रदेश ५ मा क्वारेन्टाइनमा बसेका छन्। शनिबार प्रदेश ५ को क्वारेन्टाइनमा ७ हजार ९ सय ५६ जना रहेका थिए। नेपालभरि क्वारेन्टाइनमा रहेकामध्ये आधा बढी संख्या प्रदेश ५ मा रहेको छ।

स्वाथ्य मन्त्रालयको तथ्याङ्कअनुसार शनिबारसम्म प्रदेश १ मा १ हजार २ सय ३१ जना, प्रदेश २ मा १ हजार ३ सय ५४ जना, बागमती प्रदेशमा १ सय ३१ जना, गण्डकी प्रदेशमा २ सय ५० जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ३६ जना र सुदूरपस्चिम प्रदेशमा २ हजार १ सय ७३ जना क्वारेन्टानमा बसिरहेका छन्।

पछिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक दिन क्वारेन्टाइनमा बन्नेहरुको संख्या करिब २ हजारले वृद्धि भएको देखिन्छ। गत बुधबार क्वारेन्टाइनमा बस्नेको संख्या ८ हजार ५ सय ९५ थियो। बिहीबार यो संख्या बढेर १० हजार ५ सय ७३ पुग्यो। शुक्रबार क्वारेन्टाइनमा बस्ने बढेर १२ हजार ९ सय ८५ जना पुगे। शनिबार यो संख्या १४ हजार ७ सय ३१ पुगेको छ।

सहरबाट गाउँजानेहरु, अझ काठमाडौंबाट गाउँ फर्कने बढेपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो। तर, काठमाडौंबाट फर्केक जति सबै गाउँ गएर क्वारेन्टाइनमा बसेको भने स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँदैन।

स्वास्थय मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ४ सय ९९, प्रदेश २ मा ३ हजार ८ सय ६६, बागमती प्रदेशमा ४ हजार ५ सय ८१, गण्डकी प्रदेशमा ३ हजार ६ सय ६०, प्रदेश ५ मा १२ हजार ३ सय ९३, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७७ र सुदूरपस्चिम प्रदेशमा ५ हजार ९ सय ४८ क्वारेन्टाइन बेड रहेका छन्।

Comment


Related News

Latest News

Trending News