अपडेट 
२०७७ बैशाख १४, आईतवार १३:२१

काठमाडौं । कोरोनाको संकटबीच आएको राजनीतिक दल सम्बन्धि अध्यादेशले उल्टै सरकारलाई समस्यामा पार्ने भएको छ । सपा-राजपा नफुटेर उल्टै जुटेपछी सत्तासीन नेकपा नै फुटाउने गृहकार्य सुरु भएको छ ।

उच्च समाचार श्रोतका अनुसार अध्यादेश फिर्ता न भए एकदुई दिनमै नेकपा फुट्ने गृहकार्या सुरु भएको हो । यद्यपि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले त्यो अध्यादेश नै फिर्ता लिने मूडमा पुगेका छन् ।

स्रोत भन्छन् पुष्पकमल दहाल प्रचण्ड पार्टी अध्यक्ष र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्नेगरी नयाबगृहकार्य सुरु भएको हो ।

उक्त सरकारमा काङ्ग्रेस र जनता समाजवादीको पनि सहभागीता रहनेछ । भने ओली नेतृत्वको नेकपा प्रतिपक्षी दल बन्न पुग्नेछन् ।

उता पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।

छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छ ।

छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ -२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो । तर यसको पार्टीभित्र र बाहिर चौतर्फी विरोध भइरहेको छ ।

स्वयंम नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका छन् ।

बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

सांसदसँगको छलफल स्थगित
यसैबीच बुधबारबाट शुरु भएको नेकपा सांसदहरुसँग ओली र प्रचण्डको छलफल स्थगित भएको छ ।

अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित भएको हो । बुधवार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल भएको थियो ।

छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरुलाई बताएका थिए ।

Comment


Related News