अपडेट 
२०७७ बैशाख १४, आईतवार १३:५२

 जनकपुरधाम । सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी छन् । 

धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर भोकै सुत्न बाध्य भएकी हुन् । 


केही वर्ष अगाडी श्रीमानको मृत्यू भएपछि एक छोरा सहित बस्दै आएकी कुमारी देवी लकडाउनले गर्दा पूर्ण रुपमा प्रभावित बनेकी छन् । गरिबीको चपेटामा बस्दै आएकी उनलाई छोराछोरी पाल्न भिख माग्नुपर्ने बाध्यता उत्पनन भएको छ । 


सरकारले विगत १ महिनादेखि लगाएको लकडाउनले अरुमा काम गरी खाने समय समेत नभएको भन्दै गाउँ–टोलहरुमा गएर भिख मागेर ल्याउनु परेको बताएकी छन् । 


जमिन जाथाको नाममा २ धुर घडेरी बाहेक केही नभएको तथा गाउँपालिकाबाट भनिएको राहत समेत नदिएपछि उनी बिचलित भएकी हुन् । 


५ सन्तानलाई लिएर बस्दै आएकी एकल महिला कुमारी देवीले आफू भोकै सुतेपनि छोराछोरीको भोक सहन हुन नसकेको बताइन् । उनलाई दुई छोरा र ३ छोरी छन् । 


छोरालाई भोकै हेरेर भक्कानिदै उनले छोराछोरीको लागि भिख माग्नुपर्ने अवस्था आएको बताईन् । गाउँपालिकामा राहत वितरणमा विवाद भएपछि उनलाई पनि राहत दिएको छैनन् । 


छोरा मँजय १५ वर्षको भएपनि कमाउन सक्ने अवस्था नभएको भन्दै लकडाउनकै कारण माग्नुपर्ने अवस्था आएको बताइन् । 


“यसअघि जसोतसो घर चल्दै थियो, गाउँमा धान, गेहुँ, बाली काटेर बोयन गर्दै थिए, अहिले सबै बन्द भएको छ , घरमा केही पनि छैन । गाउँमा माग्न जाँदा पनि सबैले दिदैन, प्रत्येक दिन कुन मुखले माग्ने ? छोराछोरीको भोकले रातभरि सुत्न दिँदैन ।”– उनले भनिन् ।


लकडाउनले माग्ने बनाएकी उनलाई स्थानीय समाजसेवी, युवा, जिम्मेवार व्यक्ति तथा सरोकारबाला निकायहरुले समयमै सहयोग गर्नुपर्ने आवश्कयता देखिएको छ । 

Comment


Related News

Latest News

Trending News