अपडेट 
२०७७ बैशाख १४, आईतवार १४:४१

काठमाडौं। मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ । २ बजेका लागि तय भएको बैठक साँझ बस्ने गरी स्थगित भएको हो ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि गरिदै आएको लकडाउन लम्ब्याउनेलगायतका विषयमा निर्णय लिन बैठक तय गरिएको थियो । बैठक अचानक स्थगित भएपछि लकडाउनको विषयबारे टुंगो लाग्न अझै समय लाग्ने देखिएको छ ।

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो ।

पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ ।

Comment


Related News

Latest News

Trending News