Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १४, आईतवार १९:१४

काठमाडौं । सरकारले लकडाउनको अवधि १० दिन लम्ब्याउने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।

पछिल्लाे पटक थपिएकाे अवधि भाेलि वैशाख १५ मा सकिँदैछ।

सरकारले काेराेना भाइरसकाे सङ्क्रमण फैलिन नदिन चैत ११ गतेबाट देशभर लकडाउन लागू गरेकाे थियाे। काेराेना भाइरस फैलिने जाेखिम मुक्त नभइसकेका कारण पुन: १० दिन थप्ने निर्णय गरिएकाे हाे। 

मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले हिजाे शनिबार एक हप्ता लकडाउन बढाउन सिफारिस गरेको थियाे।यसअघि शनिबार बिहान बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्यव समितिको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो।

Comment


Related News

Latest News

Trending News