अपडेट 
२०७७ बैशाख १४, आईतवार २१:४१

जनकपुरधा। धनुषाको मिथिला बिहारी नगरपालिकामा वडा नं १० राहत वितरण कार्य सुरु गरिएको छ । 
लकडाउनबाट प्रभावित नागरिकलाई नगरपालिकाले राहत दिने कार्य सुरु गरेको हो । जस अन्तर्गत् आज वडा १० मा २३५ घर परिवारलाई राहत वितरण गरिएको छ । राहत स्वरुप १५ किलो चामल, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, नगद रु ५०० प्रदान गरिएको मिथिला विहारी नगरपालिका वडा अध्यक्ष ललित नरायण झाले जानकारि दिनुभयो । 

लकडाउनमा गरिब, विपन्न तथा दैनिक ज्यालादारीमा निर्भर मजदुरहरु भोकभोकै रहेको अवस्थामा नगरपालिकाले राहत वितरण कार्य सुरु गरेको हुन । यस वडामा राम्रोसंग लकडाउनको पालना भईरहेको र पसल , हाटबजार, पुर्णरुपमा बन्द अध्यक्ष ललित नारायण झा को भनाई छ । 

राहत वितरण कार्यमा नगरप्रमुख अनिल कुमार यादव, सहित उपप्रमुख अनिता साह, वडा सचिव हरि नरयाण यादब, प्रमोद यादव , नगरका कर्मचारी, वडाध्यक्ष प्रहरी प्रशासनसहित स्थानीयको सहभागीता थियो ।

Comment


Related News

Latest News

Trending News