अपडेट 
२०७७ बैशाख १४, आईतवार २१:५२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको स्रोतले जानकारी दियो ।

यसअघि ११ वैशाखमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि ओलीले राष्ट्रपतिलाई भेटेका थिए र आज पनि भेट गर्नुलाई धेरैले प्रम केपी शर्मा ओलीमाथि उनकै पार्टीका नेताहरुबाट घेरिएको अवस्थामा यसबाट कसरी अगाडी भन्नेबारेमा राय सल्लाह र सुझाव लिन राष्ट्रपतिसँग भेट गरेको हुनसक्ने आँकलन गरेका छन् ।

Comment


Related News