अपडेट 
२०७७ बैशाख १४, आईतवार २२:१०

जनकपुरधाम । नेपाल सरकार गृह मन्त्रालयको निर्णायानुसार २ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले आज २ नम्बर प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।


नेपाल सरकार गृह-मन्त्रालय (मा. मन्त्रीस्तर) को मिति २०७७।०१।०७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापन हुनु भएको हो ।


सोही अवसरमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक जय राज साप्कोटाले भर्खर मात्रै सरुवा भई आउनु भएका २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सिंहलाई समग्र प्रदेश अन्तर्गतको प्रहरी गतिविधि, अपराधिक अवस्था लगायत COVID-19 भाईरसको संक्रमणलाई फैलन नदिन प्रहरीले गरिरहेको विविध जनमुखि गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो ।


पदभार ग्रहण पश्चात सहभागि प्रहरी अधिकृतहरुलाई संक्षिप्त निर्देशन सम्बोधन गर्दै उहाँले वैश्विक महामारीका रुपमा रहेको COVID-19 भाईरसको संक्रमणबाट आफू सुरक्षित भई नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन लागि पर्नु नै अहिलेको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

Comment


Related News

Latest News

Trending News