अपडेट 
२०७७ बैशाख १४, आईतवार २३:०८

काठमाडौं। नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्स स्वास्थ्य सामग्री लिन चीनको ग्वान्जाओ उडेको छ।

सरकारले चार्टर गरेको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ ५:२१ मा ग्वान्जाओका लागि उडेको हो। जहाज सोमबार बिहान ७:१५ मा स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुग्नेछ।

हिमालयका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठका अनुसार उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामग्री ल्याउनेछ।

सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको छ।

हिमालयसँग एयरबस ए-३२० सिरिजका १ सय ५८ सिट क्षमताका चारवटा विमान रहेका छन्।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगनपछि हिमालयको ग्वान्जाओ पहिलो चार्टर कार्गो उडान हो।

Comment


Related News

Latest News

Trending News