अपडेट 
२०७७ बैशाख १५, सोमबार ०७:२८

काठमाडौं। अघिल्ला दिनहरुको तुलनामा आइतबार कोरोना भाइरस (कोभिड-१९)बाट विश्वमा मर्नेहरुको संख्या घटेको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबार कोरोनाका कारण विश्वभर ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको थियो भने ७३ हजार ८ सय ५९ जना नयाँ बिरामी थपिएका थिए।

शनिबार विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार ६५ जनाले ज्यान गुमाएका थिए। सोही दिन ९० हजार ६ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार एकैदिन कोरोना भाइरसबाट विश्वमा ६ हजार १ सय ८२ जनाको मृत्यु भएको थियो भने १ लाख ५ हजार ८ सय २५ नयाँ संक्रमित थपिएका थिए।

बिहीबार कोरोनाका कारण विश्वभर ६ हजार ६ सय १ जनाले ज्यान गुमाएका थिए। सोही दिन विश्वभर ८५ हजार २१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए।

पछिल्ला केही दिनहरुको तुलनामा आइतबार कोरोनाबाट मृत्यु हुने र नयाँ बिरामी थपिने संख्या दुवै घटेको छ। आइतबार सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ। नयाँ बिरामीको सबैभन्दा ठूलो संख्या पनि अमेरिकमा नै थपिएका छन्।

अमेरिकाम आइतबार कोरोनाका कारण १ हजार १ सय ५७ जनाले ज्यान गुमाएका छन्। सोही दिन २६ हजार ५ सय ९ जना कोरोनाका नयाँ बिरामी अमेरिकामा अस्पताल पुगेका थिए।

स्पेनमा आइतबार २ हजार ८ सय ७० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २ सय ८८ जनाको मृत्यु भएको थियो। इटालीमा आइतबार २ सय ६० जनाको मृत्युको कारण कोरोना भाइरस संक्रमण बन्यो, जहाँ सोही दिन २ हजार ३ सय २४ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए।

फ्रान्समा आइतबार ६ सय १२ जना नयाँ संक्रमित थपिएका थिए भने २ सय ४२ जनाको मृत्यु भएको थियो। जर्मनीमा आइतबार १ हजार २ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन जर्मनीमा कोरोनाका कारण ९९ जनाको मृत्यु भएको थियो।

बेलायतमा आइतबार ४ हजार ४ सय ६३ जना नयाँ बिरामी देखिएक थिए भने ४ सय १३ जनाको मृत्यु भएको थियो।

Comment


Related News

Latest News

Trending News