Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १५, सोमबार ०८:१८

काठमाडौं। कोरोना भाइरसको उद्गम स्थल चीनको उहानबाट सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्तालाई उद्धृ गर्दै बीबीसीले उहानका सबै अस्पतालबाट कोरोना संक्रमितहरु डिस्चार्ज भएको उल्लेख गरेका छन्।

‘स्वास्थ्यकर्मीहरुको कडा मेहनतका कारण कोरोना भाइरसबाट संक्रमित भएर उहानका विभिन्‍न अस्पताल भर्ना भएका सबैजना डिस्‍चार्ज भएका छन्,’ आयोगका प्रवक्ता मी फिङले भने, ‘उहानमा शनिबारसम्म ४६ हजार ४५२ संक्रमित रहेका थिए।’

गत डिसेम्बरको अन्तिम साताबाट चीनको हुबेई प्रान्तस्थित उहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उहानलाई ७६ दिनसम्म लकडाउन गरिएको थियो।

कोरोना भाइरस चीनमा नियन्त्रणमा आएपनि विश्वभरि संक्रमण फेलिन क्रम जारी छ। हालसम्म कोरोना भाइरसबाट करिब ३० लाख मानिस संक्रमित छन् भने २ लाख ६ हजार बढीको मृत्यु भइसकेको छ।

कोरोना भाइरसबाट अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत र टर्की बढी प्रभावित छन्।

Comment


Related News

Latest News

Trending News