अपडेट 
२०७७ बैशाख १५, सोमबार ०८:४६

 विराटनगर। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन सुरु भएको एक महिना कटेको छ । लकडाउन सुरु भएपछि सुनसान बनेको प्रदेश एकको राजधानी विराटनगरमा आइतबार भने चहल–पहल बाक्लो देखियो ।

अत्यावश्य सामग्री बिक्री वितरण हुने पसलहरु खुलेका देखिए । त्यस्ता पसलहरुमा मानिसहरुको भीडभाड देखिन्थ्यो ।

4Biratnagar april27

बैंक तथा वित्तीय संस्थाहरुमा मानिसहरु लाम लागेका थिए । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरुमा जेष्ठ नागरिकहरु भीडभाडका साथ पुगेका देखिए । उनीहरु भत्ता लिनका लागि बैंकमा पुगेका थिए । तर बैंक तथा वित्तीय संस्थाहरुले मानिसको भीड व्यवस्थित गर्न सकिरहेका देखिएनन् ।

कृषकलाई चाहिने मल विउ तथा किटनासक विषादी बिक्री हुने पसलहरु पनि खुलेका देखिन्थे । सडकमा सवारीका साधन पनि अन्य दिनभन्दा बढी नै चलेका देखिए । मानिसहरुको आवत जावतमा कडा निगारानी गर्ने प्रहरीले पनि आइतबार भने खासै रोकतोक गरेको देखिएन ।

सडकमै तरकारी बेच्न बसेका देखिन्थे । त्यहाँ सर्वसाधारणको भिडभाड थियो । 

Comment


Related News

Latest News

Trending News